करेला खानु अगाडि यो पढ्नुहोस्

नेपालभ्युज

करेला खानु अगाडि यो पढ्नुहोस्

एजेन्सी । हाम्रो स्वास्थ्यको लागि करेला निकै फाइदाजनक छ । तर कतिपय अवस्थामा करेला खानु हुँदैन । शल्यक्रिया गरेपछि पनि तितेकरेलाको सेवन गर्नु हुँदैन ।

यस्तो अवस्थामा करेलाको सेवनले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला सेवन गर्नु राम्रो हुन्छ ।

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुनेहरु करेलाबाट टाढा रहन जरुरी छ ।

करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्य भन्दा पनि तल झर्न सक्छ । सुगर तथा रक्तचापको मात्रा कम हुनेहरुले भने कहिल्यै पनि करेला खानु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved