गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयलाई घटाएर ७ मा झारियो

नेपालभ्युज

गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयलाई घटाएर ७ मा झारियो

पोखरा। गण्डकी प्रदेशमा रहेका १२ वटा मन्त्रालयलाई घटाएर ७ वटा बनाउने टुंगो लागेको  छ।

मुख्यमन्त्री खगराज अधिकारी र सत्तारुढ दलका नेताबीच आइतबार भएको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएसँगै सोमबार बिहान यस विषयमा टुंगो लागेको हो ।

अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय मात्र रहनेछ ।

आज बेलुकासम्म मन्त्रालयको भागवण्डा गरी मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved