‘बुद्धले हवाई उडानलाई थप सुरक्षित बनाउने काम थालनी गरेको छ’

नेपालभ्युज

‘बुद्धले हवाई उडानलाई थप सुरक्षित बनाउने काम थालनी गरेको छ’
फाइल तस्बिर

काठमाडौं  ।  बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउनेगरी काम थालनी गरेको बताएका छन् । आईतवार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतिको सामना गर्ने गरी काम गरिरहेको बताएका हुन्।

उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसावले सुरक्षित रहेको बताए। उनले बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनको लागि विमान मर्मत लगायतका विषयमा थप कडाईका साथ काम थालनी गरेको बताए ।

उनले नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौति थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको बताए। बस्नेतले बुद्ध एयरले कुनैपनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाउने नगरेको बताए। उनले हवाई उडान,उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए ।

उनले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको बताए । उनले भने,‘ बुद्ध एयरको मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने हो । हवाई उडान,उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य हुन्छ ।’

उनले बुद्ध एयर हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गराउने बताए । टेक्निकल र प्राविधिक विषयमा जानकारी नगराउँदा प्राधिकरणले उडान रोक्ने उनले बताए  ।

‘बुद्ध एयरले सूचना प्रवाहको विषयमा जवाफदेहिता नागरिक उड्डयन प्राधिकरणसँग मात्रै हुन्छ । उहाँहरुसँग निरन्तर संवाद भइरहेको हुन्छ । बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी सहकार्य भएको छ’, उनले भने ।

उनले भने, ‘प्राधिकरणले जुन किसिमको सहयोग गर्नुभयो त्यसमा इगो,अहंमता छैन । हवाई दुर्घटनाले धेरै कुरा सिकेकाले आगामी दिनमा आउने समस्या समाधान गदैै लैजाने भनेर तयार थालेका छौं । ’

बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा विमानहरु धेरै वर्ष पुराना विमानहरु नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ । तर अन्तरक्रिया कार्यक्रम जानकारहरुले विमानहरु पुराना नहुने बताएका छन् । उनीहरुले विमानहरु मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन् ।

बुद्ध एयरले अन्तरक्रियामार्फत हवाई उडानलाई सुरक्षित बनाउनको लागि विमान मर्मत र पार्टपुर्जाको लागि अर्बौं लगानी गरेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved