माओवादी र समाजवादीबीच एकताका लागि ३ बुँदे सहमति

नेपालभ्युज

माओवादी र समाजवादीबीच एकताका लागि ३ बुँदे सहमति

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीका वार्ता टोलीबीच शनिबार भएको बैठकमा तीन बुँदे सहमति भएको छ ।

नेसपाका सह-अध्यक्ष गंगानारायण श्रेष्ठका अनुसार एकता शिघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्तावेज आदान-प्रदान गर्ने सहमति भएको छ ।

त्यसैगरी, वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने सहमति पनि भएको छ । गत आम निर्वाचनमा दुई पार्टीले एकै निर्वाचन चिह्नबाट चुनाव लडेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved