नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोक्न सांसद सुवालले गरे सभाध्यक्षको ध्यानाकर्षण

नेपालभ्युज

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोक्न सांसद सुवालले गरे सभाध्यक्षको ध्यानाकर्षण

काठमाडौं। नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्षी दल तोक्न सभाध्यक्षको ध्यानाकर्षण गराएका छन् ।  कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने आधार नभएको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेस प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गरेको छ ।

सांसद सुवालले प्रतिपक्ष दल नतोकी संसद् बैठक सुरु नगर्न सदनको ध्यानाकर्षण समेत गराएका छन् ।सभामुख निर्वाचनको प्रयोजनका लागि बुधबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले आफ्नो दल नै सबैभन्दा ठूलो प्रतिपक्षी दल भएको पनि बताए । उनले नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकेर मात्र संसद्को बैठक सुरु गर्न सभाध्यक्षको ध्यानाकर्षण गराए । उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेमकिपा हो त्यसैले प्रमुख प्रतिपक्ष दल नेमकिपालाई घोषित गरियोस् ।’

सरकारलाई कांग्रेसले विश्वासको मत दिएपछि संसद् प्रमुख प्रतिपक्षविहीनजस्तै भएको छ । प्रतिपक्षी दलको कानुनी हैसियत प्राप्त गर्न सरकारलाई समर्थन नगरेको र संसद्मा न्यूनतम १० प्रतिशत सांसद रहेको दल हुनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved