उपमहासचिव पुनको कलेजो प्रत्यारोपण गरिने

हाल नेपालमा पनि कलेजो प्रत्यारोपण सुरु भएको छ। कहाँ प्रत्यारोपण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।

नेपालभ्युज

उपमहासचिव पुनको कलेजो प्रत्यारोपण गरिने
फाइत तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेकोले प्रत्यारोपण गरिने भएको छ।

सुमेरु सिटी अस्पतालमा भर्ना गरिएका पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले बताए।

लामो समयदेखि पुनको उपचारमा संलग्न विशेषज्ञ प्रा. डा. शर्माले भने ‘‘उहाँको कलेजोले ८० प्रतिशतभन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ।’’

पुनले यसभन्दा अगाडि चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका थिए। हाल नेपालमा पनि कलेजो प्रत्यारोपण सुरु भएको छ। कहाँ प्रत्यारोपण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।

पुनलाई भेट्न अस्पतालमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू पुगिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved