कांग्रेसले पनि गर्‍यो सभामुखमा उम्मेदवारी दिने निर्णय

नेपालभ्युज

कांग्रेसले पनि गर्‍यो सभामुखमा उम्मेदवारी दिने निर्णय
फाइल तश्वीर

काठमाडौं। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुन्छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो लगाइएको छैन ।’

सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved