आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

पुस २७ गते ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले पनि समर्थन दिँदा उनलाई हाल ७२ सांसदको समर्थन छ ।

हालसम्म काँग्रेस २२, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी १ र तीन जना स्वतन्त्र सांसद प्रतिपक्षमा छन् । मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि विश्वासको मत दिने मनसाय बनाएको बुझिएको छ । यधपी विश्वासको मत दिने वा नदिने विषयमा अहिले बिहान १० बजे बस्ने काँग्रेस संसदीय दलको बैठकले निर्णय लिने सांसद शेषनारायण यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved