लुम्बिनी प्रदेशसभाः सभामुखमा घर्तीको उम्मेदवारी, उपसभामुखमा तीनजना

लुम्बिनी प्रदेशसभाः सभामुखमा घर्तीको उम्मेदवारी, उपसभामुखमा तीनजना

तुलसीपुर । लुम्बिनी प्रदेशको सभामुखमा सत्तापक्ष गठबन्धनका तर्फबाट तुलाराम घर्तीको उम्मेदवारी परेको छ । सोमबार सभामुखमा माओवादी केन्द्रका नेता घर्तीको मात्रै उम्मेदवारी परेको हो भने उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । दिउँसो १ देखि ५ बजेसम्म भएको उम्मेदवार दर्ताका क्रममा पाल्पा २ (२)बाट निर्वाचित घर्तीले एमालेका भूमिश्वर ढकालको प्रस्ताव र राप्रपाका आशिषकुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भागबन्डाअनुसार लुम्बिनीमा माओवादी केन्द्रले सभामुख पाएको थियो । त्यस्तै उपभामुख राप्रपाको भागमा परेको थियो । जसमध्ये गठबन्धनले राप्रपाबाट मेनुका खाँड केसीलाई उम्मेदवार बनाएको छ । जसको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजीत थारू र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन् ।

त्यस्तै उपसभामुखमा नेपाली कांग्रेसका नवलपरासी पश्चिम १(१) बाट निर्वाचित विश्वप्रेम पाठकले पनि उम्मेदवारी दर्ता गराएका छन् । जसको प्रस्तावकमा बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका निर्मला देवी थारू (चौधरी)ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । चौधरीको समर्थकमा धर्मबहादुर चौधरी रहेका छन् भने प्रस्तावकमा नरमाया ढकाल रहेकी छिन् ।

सभामुख, उपसभामुखको निर्वाचन मङ्गलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा हुनेछ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (दीपेन्द्र पुनसहित), राप्रपाका चार, जनमतका तीन, जसपाका तीन गरी ४९ जना रहेका छन् । त्यस्तै दुईजना स्वतन्त्र सांसदले पनि सत्तापक्ष गठबन्धनलाई नै समर्थन गरेका छन् । सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने उपसभामुखमा आफ्नै उम्मेदवार दर्ता गराएको छ । जसका चार प्रदेशसभा सदस्य छन् ।

त्यस्तै कांग्रेसका २७, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, जनमोर्चा र एकीकृत समाजवादीका एक÷एक गरी ३२ सांसद रहेका छन् । लुम्बिनी प्रदेशमा जम्मा ८७ सांसद रहेका छन् । तीमध्ये बहुमतका लागि ४४ सांसद चाहिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved