मंसिर ६ र ७ गते नेसपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालभ्युज

मंसिर ६ र ७ गते नेसपाले बोलायो केन्द्रीय समिति बैठक
फाइल फोटो

काठमाडौं । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकको एजेण्डा नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने महासचिव रमेश यादवले जानकारी दिए ।

यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताए ।

यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।

सहअध्यक्ष गङ्गानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीमा एक जना थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved