मुख्यमन्त्रीलाई कांग्रेसको जवाफ- समृद्धिको यात्रामा प्रतिपक्ष बन्दैनौँ

नेपालभ्युज

मुख्यमन्त्रीलाई कांग्रेसको जवाफ- समृद्धिको यात्रामा प्रतिपक्ष बन्दैनौँ

पोखरा । गण्डकी प्रदेश नेपाली कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीलाई समृद्धिको यात्रामा प्रतिपक्ष नबन्ने बचन दिएको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डले भने, ‘मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु, हामी समृद्धिको यात्रामा प्रतिपक्ष बन्दैनौँ ।’

मुख्यमन्त्री अधिकारीले आफूलाई विश्वासको मत माग्दै प्रश्नहरूको जवाफ कामबाटै दिने बताएका थिए । जवाफमा पाण्डेले भने, ‘अहिलेलाई मनमात्रै दिन सकिन्छ, मतचाहिँ दिन सकिँदैन । तर भोलि गुण र दोषका आधारमा हामी सरकारलाई समर्थन पनि दिन सक्छौँ । तर समृद्धि र विकासको यात्रामा कहीँ कतै प्रतिपक्ष बन्दैनौँ ।’

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । कांग्रेसले भने विश्वासको मत नदिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved