प्रदेश १ : सरकारमा सहभागी हुँदै माओवादी केन्द्र, मन्त्री छान्दै आङ्बो

'को-को सहभागी हुँदैछन् सरकारमा ?'

सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्ग्याउनका लागि संसदीय दलका नेता आङ्बोलगायतका नेताहरूलाई जिम्मा दिइएको छ ।

नेपालभ्युज

प्रदेश १ : सरकारमा सहभागी हुँदै माओवादी केन्द्र, मन्त्री छान्दै आङ्बो

विराटनगर । अन्तत: प्रदेश १ सरकारमा मा नेकपा (माओवादी केन्द्र) सहभागी हुने भएको छ ।

आलोपालो मुख्यमन्त्री नपाए सरकारमा सहभागी नहुने चेतावनी दिँदै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सहभागी हुन लागेको एक सांसद बताउँछन् । ‘सहभागी हुनू भनेर माथिबाट निर्देशन आयो । यसपछि आन्तरिक छलफलमा छौँ, सहभागी हुँदैछौँ,’ ती सांसदले भने ।

मुख्यमन्त्रीका आकांक्षी आङ्बोले आफूले साढे दुई वर्षपछि सरकारको जिम्मेवारी आफूले पाउनुपर्ने बताउँदै आएका थिए । तर, केन्द्रीय गठबन्धनका शीर्षस्थ नेताहरूको बैठकले प्रदेश १ मा पाँचै वर्ष एमालेले नै सरकारको नेतृत्व गर्ने निर्णय गरेपछि उनी चिढिएका थिए । तर, केन्द्रीय निर्देशनपछि उनी सरकारमा सहभागी हुन तयार रहेका छन् । ‘केन्द्रेले निर्देशन पठायो, सरकारमा जानैपर्ने भयो । छलफल गरौँ,’ आङ्बोलाई उद्धृत गर्दै ती सांसद भन्छन् ।

सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्ग्याउनका लागि संसदीय दलका नेता आङ्बोलगायतका नेताहरूलाई जिम्मा दिइएको छ । उनले प्रदेश १ का इञ्चार्ज राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङलगायतका नेताहरूसँगको सल्लाहअनुसार मन्त्री छान्नेछन् ।

मन्त्री बन्न चाहने नेताहरूमा जीवन आचार्य, दुर्गा चापागाईं, नारायण बुर्जामगर, राजेन्द्र कार्की, गोम्बु शेर्पा ‘कर्ज्याङ’लगायत छन् । प्रदेश १ मा माओवादी केन्द्रसँग १३ सिट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved