ओली भेट्न बालकोट पुगे प्रचण्ड

नेपालभ्युज

ओली भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीलाई भेट्न  बालकोट  पुगेका छन् ।

मंगलबार प्रधानमन्त्रीमा असाधारण विश्वासको मत प्राप्त भएपछि प्रचण्ड बुधबार साँझ  पहिलोपटक ओली निवास बालकोट पुगेका हुन् ।

मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेको बताइएको छ ।

मन्त्रीपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री उनले उक्त भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छन् ।

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अब मन्त्री भागबण्डा चुनौतिपूर्ण देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले  बालकोटमा उनिहरुबिच भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेकि छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved