कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। कर्णाली प्रदेश सभाको २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

काठमाडौं। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। कर्णाली प्रदेश सभाको २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।

शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कर्णालीमा बहुमतका लागि कुल ४० जना सदस्यमध्ये २१ सिट आवश्यक पर्छ। शर्माको पक्षमा २५ सांसद छन्।

शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक जना सदस्यले समर्थन गरेका छन्।

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति

प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई \दुई वर्ष गर्ने सहमति भएको छ। सोही अनुसार पहिलो आधा कार्यकालको लागि माओावदीबाट मुख्यमन्त्री भएका हुन्।

को हुन् मुख्यमन्त्री शर्मा ?

२०२८ साल भदौ १८ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका—१४ साक्चा, नुवाकोट (साबिक नुवाकोट गाविस) जन्मिएका शर्मा वास्तविक नाम राजकुमार शर्मा हो भने पार्टीको नाम ‘आर्ट’ चिनिन्छन्। शर्माको शैक्षिक योग्यता दश कक्षा रहेको छ भने उनले प्रत्यक्षतर्फ रुकुम पश्चिमको प्रदेश सभा (ख) प्रदेशसभामा विजयी भएका हुन्।

माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका शर्मा राजनीतिमा आबद्धता ०४१ सालदेखि नै हो। ०५० साल देखि ग्रामीण वर्गसंघर्षको थालनीकर्ताका रूपमा पूर्णकालीन कार्यकर्ता भएर माओवादी जनयुद्धमा सामेल भएका थिए।

२०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको राजनीतिमा संलग्न हुनुभएका शर्माको राजनीतिक पृष्ठभूमि लामो र सङ्घर्षशील छ। सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्थे।

०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि जहानियाँ राजतन्त्रको विरोध, जनयुद्धको तयारीका क्रममा ५०/५१ सालमा रुकुम रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षको थालनीकर्ताहुँदै जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा लागेका हुन्। उनी ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका हुन्।

०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्त्वपूर्ण भूमिका रह्यो। महतको फूलबारी जङ्गल कुनै समय निकै चर्चित थियो।

जनयुद्धको आधार तयार गर्न रुकुममा सञ्चालित ग्रामीण वर्गसंघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसङ्घर्षका कामको नेतृत्व लिँदै जनयुद्ध पूर्व नै पूर्णकालीन राजनीतिमा होमिनुभएका शर्माले ०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका छन्।

०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी भएका थिए।
जनयुद्धको विस्तारका लागि ०५४ सालदेखि साबिक कर्णालीमा सरुवा भएर विभिन्न कमान्डको नेतृत्व गरे। सो क्रममा उहाँले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगायतका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्जका भूमिकामा रहेका छन्।

शान्ति प्रक्रिया सम्म दैलेखको नेतृत्व गर्नुभएका शर्मा शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख भएर काम गरे। उनी ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved