अदुवा एक जडीबुटी औषधी, आउनुहोस् यसका फाइदा जानौँ

नेपालभ्युज

अदुवा एक जडीबुटी औषधी, आउनुहोस् यसका फाइदा जानौँ

एजेन्सी। अदुवा एउटा मसला मात्र नभएर यो एउटा जडीबुटी औषधी पनि हो । यसले जडिबुटीले जस्तै हाम्रो शरीरमा विभिन्न खाले समस्याहरुको समाधान गर्ने गर्दछ ।

जसलाई निम्न बुँदाहरुमा उल्लेख गरिएको छ ।

– निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

– साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन सकिन्छ ।

– अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको तरिकाले पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।

– एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठीक पार्छ ।

– अदुवाको रस निरन्तर खाने गरेमा बुढोपन ढिला हुन्छ । छाला तथा कपाल स्वस्थ रहन्छ ।

– नियमित अदुवाको रस खानेहरुको मुटु स्वस्थ रहन्छ । हृदयघातदेखि जोगाउँछ ।

– एक चम्चा अदुवाको रस नियमित पिउनाले रुघाखोकी टाढा भाग्छ ।

– सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।

– सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।

– हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved