प्रदेश एक : नवनियुक्त मुख्यमन्त्री कार्कीले १३ मन्त्रालयलाई ९ मा झारे

नेपालभ्युज

प्रदेश एक : नवनियुक्त मुख्यमन्त्री कार्कीले १३ मन्त्रालयलाई ९ मा झारे

काठमाडौं ।  प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  अघिल्लो सरकारले बढाएको मन्त्रालयलाई घटाएर ९ मा झारेका छन् ।

मुख्यमन्त्री कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने निर्णय गरेको हो ।

यसअघिका  मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको ५ दलीय गठबन्धन  सरकारले  ७ वटा मन्त्रालयलाई बढाएर मन्त्रालयको संख्या  १३  कायम गरेको  थियो ।

अघिल्लो प्रदेश सरकारले बढाएको मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने आवश्यक प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्नै निर्णय भएको बिनाविभागीयमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

यस्तै बैठकले  प्रदेश सरकारको कामकाजलाई सुव्यवस्थित गर्न एक प्रशासनिक सुधार कार्यदल गठन गर्ने निणर्य  पनि गरेको छ ।

बैठकले  स्थानीय तहका कर्मचारीहरुको सेवा, सुविधा र सर्तहरू व्यवस्थित गर्न स्थानीय सेवा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निणर्य  गरेको छ ।

केही दिनदेखि सुरु भएको शीतलहरबाट प्रदेशमा कुनै किसिमको दुर्घटना वा क्षति हुन नदिनका लागि दाउरा बाँड्नेलगायतका व्यवस्था गर्ने निणर्य समेत गरिएको सिटौलाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved