गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता अधिकारी नियुक्त

नेपालभ्युज

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता अधिकारी नियुक्त

पोखरा । नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना चाहिने भए पनि त्यो भन्दा धेरै संख्याको समर्थन जुटाएर अधिकारीले सोमबार नै दाबी पेश गरेका थिए ।
उनलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदसहित ३३ जनाको समर्थन छ । अधिकारीले आजै शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved