प्रधानमन्त्रीको निर्देशनमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालभ्युज

प्रधानमन्त्रीको निर्देशनमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य घटाएको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको छ ।

घटेको मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved