प्रदेश १ : मुख्यमन्त्रीमा दाबी पेश गर्दै हिक्मत कार्की

पहिलो प्रदेश सभाको कार्यकालमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका कार्की एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।

नेपालभ्युज

प्रदेश १ : मुख्यमन्त्रीमा दाबी पेश गर्दै हिक्मत कार्की

विराटनगर । नेकपा (एमाले) का स्थायी समिति सदस्यसमेत रहेका प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने भएका छन् ।

पछिल्लो प्रदेश सभा निर्वाचनमा झापा ५ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीले आइतबार (आज) अपराह्न ४ बजे प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सरकारको नेतृत्वका लागि दाबी पेश गर्दैछन् ।

एमालेसँगै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘उहाँ मुख्यमन्त्री बन्दै हुनुहुन्छ । ४ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेशका लागि जाँदैछौँ ।’

पहिलो प्रदेश सभाको कार्यकालमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका कार्की एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।

विद्यार्थीकालबाटै राजनीतिक यात्रा रोजेका कार्की २०४८ सालमा अनेरास्ववियू केन्द्रीय सदस्य बनेका थिए । २०५० सालमा केन्द्रीय सचिव बनेका उनी २०५२ सालमा उपाध्यक्ष र २०५५ सालमा अध्यक्ष बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved