नेपाल समाजवादी पार्टीको बैठक सुरु, समाजवादी ध्रुविकरण मुख्य एजेण्डा

नेपालभ्युज

नेपाल समाजवादी पार्टीको बैठक सुरु, समाजवादी ध्रुविकरण मुख्य एजेण्डा

काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।

केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा सुरु भएको बैठक मुख्यत समाजवादी दलबीचको ध्रुविकरणमा केन्द्रीत हुने बताइएको छ ।

बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी ध्रुविकरण आजको आवस्यकता भन्ने शीर्षकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

बैठकले माओवादी केन्द्र लगायतसँग पार्टी एकताको विषयलाई ठोस आकार दिने अनुमान गरिएको छ ।

समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलसँगको एकता प्रक्रियालाई अघि बढाउनेबारे बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव उपचारका लागि भारतको दिल्लीमा रहेकाले आज केही ढिला गरी काठमाडौं आइपुग्ने पाण्डेले जानकारी दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved