प्रदेश-१ मा नयाँ सरकार बनाउन आज दाबी पेश हुँदै, एमालेका कार्की मुख्यमन्त्री बन्ने सम्भावना

नेपालभ्युज

प्रदेश-१ मा नयाँ सरकार बनाउन आज दाबी पेश हुँदै, एमालेका कार्की मुख्यमन्त्री बन्ने सम्भावना

विराटनगर। प्रदेश-१ सरकार गठनका लागि आज दाबी पेस हुने भएको छ । नेकपा एमालेसहित समर्थक दलले अपरान्ह सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका थिए ।  यद्यपि, हालसम्म प्रदेश प्रमुख कार्यालयमा दलहरूले कुनै जानकारी दिएका छैनन्।

नेकपा एमालेका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने सम्भावना छ । अपरान्ह प्रदेश प्रमुखलाई दाबी पेश गर्ने तयारी भएको एमालेका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी बताउँछन्।

माओवादीका प्रदेश सांसद राजेन्द्र कार्कीले प्रदेश सरकारको नेतृत्व चक्रिय प्रणालीबाट हुने र आइतबार प्रदेश प्रमुखसमक्ष सरकारको दाबी पेश गर्ने बताए ।

आज दाबी पेश भएपछि भोलि सोमबार मुख्यमन्त्रीको सपथ हुने छ । एमाले नेता कार्कीका अनुसार सुरुमा ९ सदस्यीय सानो आकारको मन्त्रिमण्डल गठन हुनेछ।

यद्यपी सत्ता साझेदार दलबीच कुन प्रदेशमा कुन दलले मुख्यमन्त्री लिने भन्ने सहमति भएको छैन । प्रदेश १ एमालेले पाउने सम्भावना रहे पनि माओवादीले पनि दाबी छाडेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved