प्रभु र ग्लोबल आईएमई बैंंकको सेवा बन्द हुँदा सेयर बजार प्रभावित हुन सक्ने

नेपालभ्युज

प्रभु र ग्लोबल आईएमई बैंंकको सेवा बन्द हुँदा सेयर बजार प्रभावित हुन सक्ने

काठमाडौं। मर्जरको लागि डाटा माइग्रेसनका लागि ग्लोबल आईएमई बैंंक र प्रभु बै‌कले आजका लागि सेवा बन्द गरेका छन् । दुवै बैंकले  सेवा बन्द  गर्दा सेयर बजारसमेत प्रभावित हुने भएको छ ।

धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रूपमा काम गरिरहेका प्रभु र ग्लोबल आईएई दुवै बैंकको बैंकिङ कारोबार बन्द हुँदा सेयर सेयर बजार समेत प्रभावित हुने भएको हो ।

क्लियरिङ बैंकको रूपमा काम गरिरहेको ग्लोबल आईएमई बैंकले मर्जरका कारण आइतबार बैंकिङ कारोबार बन्द गरेको छ । बैंक अफ काठमाडौंसँग मर्जरमा जान लागेको ग्लोबल आईएमई बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दै छ ।

सेञ्चुरी बैंकसँग मर्जरमा जान लागेको प्रभु बैंकको भने मंगलबार बिहानसम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने जनाएको छ ।

प्रभु र ग्लोबलसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन् । सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले भने क्लियरिङ सेवा खासै प्रवाह नगरेको हुँदा ग्लोबल आईएमई र प्रभु बैैंकको सेवा प्रभावित हुँदा कारोबारको राफसाफ प्रभावित हुने धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापति बताउँछन् ।

‘शेयर कारोबार हुन्छ तर, राफसाफ गर्न समस्या हुन्छ, अन्य बैंक मर्जरमा जाँदा सेयर कारोबार गरेको रकम भुक्तानीमा केही समस्या भएको थियो,’ उनले भने, ‘यो पटक क्लियरिङ बैंक दुबैको एकसाथ कारोबार बन्द हुँदा राफसाफमा समस्या हुन्छ ।’

कुनै लगानीकर्ताले अत्यावश्यक भएर आज भुक्तानी पाउनेगरी सेयर बिक्री गरेको भए उसले रकम पाउने नसक्ने उनले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved