अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने पृथ्वी शाह पक्राउ

अर्थमन्त्री जनार्दन शर्माको पालामा अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाह पक्राउ परेका छन्। उनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने पृथ्वी शाह पक्राउ

काठमाडौं। अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माको पालामा अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाह पक्राउ परेका छन्। उनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ।

शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले बताए।

शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चाबहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन्।

नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाह लामो समयपछि पक्राउ परेका हुन्। उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए। ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूको भनाइ थियो।

राष्ट्र बैंकले पटक–पटक गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको विवरणअनुसार शाह, भाइ विजयविक्रम शाह, साझेदार देवेन्द्र ढुङ्गाना तथा आफन्त र कर्मचारीका नाममा ११ बैंकमा खाता खोलिएको थियो।

यी खातामा विभिन्न नामबाट फरक–फरक मितिमा पैसा आएको थियो। उनले ग्लोबल आईएमई बैंकमा २३, सिद्धार्थ बैंकमा आठ, सनराइज बैंकमा चार, प्रभु बैंकमा तीन, कुमारी बैंकमा तीन, एनसीसी बैंकमा तीन, नबिल बैंकमा दुई, एनएमबी, सेन्चुरी र प्राइम बैंकमा एक\एक पटक पैसा ल्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved