अमेजनले १८ हजार भन्दा धेरै कर्मचारी हटाउने

नेपालभ्युज

अमेजनले १८ हजार भन्दा धेरै कर्मचारी हटाउने

एजेन्सी। ई-कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजारभन्दा बढी कर्मचारीलाई हटाउने भएको छ । कम्पनीका सीईओ एन्डी जस्सीले बुधबार कर्मचारीलाई सम्बोधन गर्दै एक विज्ञप्ती निकालेर अनिश्चित अर्थव्यवस्थाको कारण १८ हजार जना कर्मचारी कटौती गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

यो निर्णय अहिलेको नभई गएको नोभेम्बर भएको भए र अब कार्यान्वयनको चरणमा जान लागेको खबरमा उल्लेख छ  । कम्पनीले नोभेम्बरमा १० हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। अमेजन कम्पनीको व्यापार र नाफा तीव्र गतिमा घटिरहेका कारण हजारौं कर्मचारी मारमा पर्ने देखिएको छ ।

सीईओ जस्सीले अनिश्चित अर्थतन्त्रका कारण सन् २०२३ अझ गाह्रो हुने भएकाले अमेजन कम्पनीले खर्च कटौतीका विभिन्न उपाय लिनुपरेको बताएका छन् । सुरुमा कर्मचारीलाई स्वेच्छिक अवकासको लागि अनुरोध गर्ने र दोस्रो विकल्पमा कामबाट निकाल्ने कम्पनीको योजना रहेको छ ।

अमेजनबाट निकालिने कर्मचारीको अफ्ठेरो समाधान गर्न विशेष आर्थिक प्याकेज दिने सीईओ जस्सीले बताएका छन् । आर्थिक प्याकेजहरूका साथै संक्रमणकालीन स्वास्थ्य बीमा लाभहरू र अरु कम्पनीमा नियुक्तिको लागि पनि पहल गर्ने अमेजनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved