संसद सचिवालयका सहसचिव पाण्डेको सचिवमा बढुवा

नेपालभ्युज

संसद सचिवालयका सहसचिव पाण्डेको सचिवमा बढुवा

काठमाडौँ । संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।

संसद सचिवालय तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले सहसचिव पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

०७३ वैशाख २१ मा उनी खुला प्रतिष्पर्धाबाट संसद सचिवालयको सहसचिव भएका उनलाई बढुवा सिफारिस समितिले  सचिव बनाउन सिफारिस गरेको थियो ।

उनी ०६७ चैत २४ मा शिक्षा सेवाको उपसचिवबाट  निजामती सेवामा प्रवेश गरेका थिए ।

संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएपछि उनलाई  सचिव हुने बाटो खुलेको हो ।

पाण्डे धादिङका स्थायी बासिन्दा हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved