पृथ्वीजयन्ती मनाउन राप्रपाले गठन गर्‍यो लिङ्देनको संयोजकत्वमा समिति

नेपालभ्युज

पृथ्वीजयन्ती मनाउन राप्रपाले गठन गर्‍यो लिङ्देनको संयोजकत्वमा समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी   राप्रपाले २७ पुसमा पर्ने ३०१ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ ।

राप्रपाले गठन गरेको  पृथ्वी जयन्ती तयारी समितिको बैठकले  पृथ्वी जयन्ती समारोहका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको हो ।

बैठकले  देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने निर्णय गरेको गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार  काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गरिने भएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved