लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा देउवानिकट चौधरी सर्वसम्मत

नेपालभ्युज

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा देउवानिकट चौधरी सर्वसम्मत

दाङ ।  लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन् । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए ।

संस्थापन इतरबाट वीरबहादुर राना र निमा गिरी पनि संसदीय दलको नेताको लागि इच्छुक थिए । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved