भारतीय मुद्रा १० वर्ष यताकै कमजोर, एसियामै खराब अवस्थामा

नेपालभ्युज

भारतीय मुद्रा १० वर्ष यताकै कमजोर, एसियामै खराब अवस्थामा

नयाँ दिल्ली। गएको वर्ष भारतीय रुपैया ११ प्रतिशतभन्दा बढीले कमजोर भएको छ । सन् २०२२ मा  भारतीय मुद्रा स्न २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बीबीसी हिन्दीले जनाएको छ। एसियाका मुद्राहरूमध्ये रुपैयाको यो अवस्था सबैभन्दा खराब रहेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो, जुन २०२२ को अन्तिम दिन ८२ रुपैया ६१ पैसा पुगेको थियो। यसरी एक वर्षभित्रै डलरको तुलनामा रुपैयाँ ८ रुपैयाँ ३२ पैसाले कमजोर भएको छ ।

विदेशी मुद्रा बजारमा अस्थिरता, युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र त्यसबाट उत्पन्न मुद्रास्फीतिका कारण भारु कमजोर भएको विज्ञहरुले बताएका छन् । अर्कोतर्फ अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ । मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउनुपरेको थियो । जसका कारण डलरमा विदेशी लगानी बढ्यो र डलर बलियो भयो ।

२०२२ मा विदेशी लगानीकर्ताहरूले भारतको पुँजी बजारबाट १.२२ लाख करोड र ऋण बजारबाट १७ हजार करोड निकालेका छन्। यस्तो अवस्थामा भारतीय रिजर्भ बैंकले २०२२ मा धेरै पटक डलरलाई बजारमा ल्याउनुपर्दा समस्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved