के तपाईंलाई डकार आइरहन्छ ? जानौं कारण

नेपालभ्युज

के तपाईंलाई डकार आइरहन्छ ? जानौं कारण

एजेन्सी । खाना खाएपछि डकार आउनुलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताको विषय हो । के कारणले आउँछ डकार ? जानौं ।

  • कतिपय समय खानपानका कारण पनि डकार आउने गर्छ । तेल धेरै भएको खाना, चिसो पेय पदार्थ, जस्ता खानेकुराले पेटमा ग्यास उत्पन्न हुन्छ । यी खानाहरुका कारण पनि हुनसक्छ । यी चीजहरु रातमा नखाएको राम्रो ।
  • लामो समय कब्जियतको समस्या भएका कारण पनि अत्यधिक डकार आउने गर्छ । यो पनि एक प्रमुख कारण हुनसक्छ । यस अवस्थामा तपाईंलाई कब्जियको उपचार गर्नुपर्ने हुन्छ ।
  • बारम्बार डकार आउनुको अर्को कारण अपच पनि हो । तपाईंले खाएको खाना राम्रोसँग पाचन हुन नसक्दा यस्तो समस्या देखिने गर्छ ।
  • कहिलेकाँही सानोसानो कारणले पनि पेटमा ग्यास पैदा हुने गर्छ जसले गर्दा अन्य समस्याले जन्म लिन्छन् । जस्तै गिलासबाट पानी नपिएर माथिबाट पिउनु, खाना खाँदा कुरा गर्नु, चुइगम चपाईरहनु आदि कारणले पनि पेटमा हावा जम्मा हुने गर्छ । यसलाई ऐरोफेस भनिन्छ । जसकारण डकार आइरहन्छ ।
  • यी लगायत विभिन्न कारणले डकार आउन सक्छ, यदी तपाईंलाई धेरै डकार आइरहन्छ भने तुरुन्त डाक्टरसँग सल्लाह लिनु नै उचित हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved