कुकुरले पिसाब फेर्दा किन खुट्टा उठाउँछन् ? यस्तो रहेछ कारण

नेपालभ्युज

कुकुरले पिसाब फेर्दा किन खुट्टा उठाउँछन् ? यस्तो रहेछ कारण

एजेन्सी । कुकुरहरूले सडक छेउका सवारी साधन, रुख, स्तम्भ वा पर्खालमा पिसाब गर्ने गरेको तपाईं हामीले अक्सर देखिरहेका हुन्छौं । तर यो जनावरको एउटा बानी छ । त्यो हो सधैं एउटा खुट्टा उठाएर पिसाब गर्ने ।

कुकुरहरु किन यस्तो गर्छन होला ? हामी मध्ये कमैलाई यसको कारण थाहा होला । यसबारे जानकारी लिऔँ :

यस्ता चार खुट्टा भएका जनावरको संरचना यस्तो हुन्छ कि एउटा खुट्टा नउठाए उनीहरुको खुट्टामा पिसाब लाग्ने सम्भावना हुन्छ । कुकुरलाई सफाइमा ख्याल राख्ने जनावरको रुपमा लिइन्छ ।

ऊ आफ्नो पुच्छरले जमिन सफा गरेपछि बस्छ । जमिन खनेर आश्रय बनाउँछ । अब खुट्टा उठाएन भने उसको एउटा खुट्टा पिसाबले भिज्छ । त्यसैले पनि उसले यसो गर्छ ।

अर्को कुरा यहाँ के थाहा पाउनुपर्छ भने, कुकुरहरूले पिसाब गर्दा फेरोमोन्स नामक गन्ध निस्कन्छ । विज्ञहरू भन्छन् कि यो गन्ध कुकुर अनुसार फरक हुन्छ ।

अब यसको पछाडिको सामाजिक र वैज्ञानिक कारण बारे जान्नुहोस् । वास्तवमा, कुकुरहरूले एउटा खुट्टा उठाएर स्थिर सतहमा पिसाब फेर्छन् ताकि तिनीहरूले अन्य कुकुरहरूको लागि छाप छोड्न सकून् ।

हो, यो चिन्ह पिसाबको कारणले होइन, पिसाबको गन्धले हुन्छ । उनीहरुले अन्य कुकुरको नाकको समानान्तर आफ्नो गन्ध छोड्छन् जसलाई सजिलै महसुस गर्न सकियोस् । कुनै उभिएको वा स्थिर चिजमा पिसाब गर्नुको यही कारण हुनसक्छ ।

यो अन्य कुकुरका लागि क्षेत्र विभाजन गर्ने कुरा मात्र थियो । तर यसो गर्दा कुकुरहरूले आफ्नो लागि पनि समस्याको समाधान खोज्छन् । वास्तवमा कुकुरले बाटो बिराए वा टाढा कतै गए भने बाटोमा आफूले फेरेको पिसाबले त्यस क्षेत्रको ठेगाना पत्ता लगाउँछन् ।

अक्सर तपाईले देख्नु भएको होला कि कुकुरहरुले पिसाब फेरेको स्थान सुँघिरहन्छन् । यो उनीहरुको कुनै बानी नभई एक विशेषता हो ।

कुकुरहरूले पनि आफ्नो सिमाना बनाउँछन् र कसैले घुसपैठ गरेमा भुक्न थाल्छन् वा घेर्छन् । यस्तो अवस्थाबाट बच्न वा अन्य कुकुरलाई चेतावनी दिन खुट्टा उठाएर पिसाब फेर्छन् ।

यदि तिनीहरूले जमिनमा पिसाब फेरे भने, यो छिट्टै सुक्ने र गन्ध उड्ने सम्भावना हुन्छ, त्यसैले कुकुरहरूले आफ्नो हिसाबले एउटा सही स्थान छान्छन् । कुकुरले एक दिनमा ३ देखि पाँच पटक पिसाब फेर्छन् ।


Comment

One thought on “कुकुरले पिसाब फेर्दा किन खुट्टा उठाउँछन् ? यस्तो रहेछ कारण

  1. हाउ एबाउट कुकुर्नी (माऊ-छाउरी) ? बिकोज, उनीहरुले त खुट्टो उचालेको देखिँदैन…???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved