पेलेले परिवार र साथीहरूलाई गरे भिडियो कल

नेपालभ्युज

पेलेले परिवार र साथीहरूलाई गरे भिडियो कल

एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । ‘पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,’ एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिति अद्यावधिक गर्दै लेखेको छ ।


चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गाैला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् । गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ ।

क्यान्सर विरुद्धको लडाइँ जारी राख्दै पेलेले भिडियो कलमार्फत परिवार र साथीहरूलाई अस्पतालको ओछ्यानबाट बिदाइ गरे। धेरै रिपोर्टका अनुसार उनको अवस्था झनै नाजुक बन्दै गएको परिवारले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved