कांग्रेस सांसद गुरुङ निलम्बित

नेपालभ्युज

कांग्रेस सांसद गुरुङ निलम्बित

काठमाडौँ । मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् ।

गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो।

‘आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी आयोगको प.स. ०७९/८० च.न. २७८२७, मिति २०७९/९/८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले प्रतिनिधिसभाका माननीय सदस्य श्री टेकबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम मिति २०७९/९/८ देखि स्वतः निलम्बनमा हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ, महासचिव भरतराज गौतमद्वारा  जारी  सूचनामा उल्लेख गरिएको छ। ’

भ्रष्टाचार निवारण ऐन २०५९ ले सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्ति उपर भ्रष्टाचार मुद्दा लागेमा स्वतः पद निलम्बन हुने व्यवस्था गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved