नेसपा पनि सत्ता गठबन्धनमा, बैठकमा अध्यक्ष भट्टराई सहभागी हुँदै

नेपालभ्युज

नेसपा पनि सत्ता गठबन्धनमा, बैठकमा अध्यक्ष भट्टराई सहभागी हुँदै

काठमाडौंं । नयाँ सत्ता गठबन्धनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा पनि सहभागी भएको छ ।

चुनावमा माओवादीको चिन्ह लिएर मैदानमा उत्रिएको नेसपा छुट्टै दलका रुपमा भने अस्तित्वमा छ । त्यसैले छुट्टै पार्टीका रुपमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुने उक्त दलले जनाएको छ ।

आज बस्ने बैठकमा नेसपा अध्यक्ष भट्टराई सहभागी हुने भएका छन् ।  प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विहान भएको भेटमा अबदेखि हरेक बैठकमा सहभागी हुन भट्टराईलाई आग्रह गरेका छन् ।

बैठक सोमबार मध्यान्न बानेश्वरमा बस्दैछ । संघीय संसदमा नेसपाका दुईजना सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved