महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध लगाउने तालिबान सरकारको घोषणा

नेपालभ्युज

महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध लगाउने तालिबान सरकारको घोषणा

नयाँ दिल्ली।अफगानिस्तानमा महिलाको शिक्षाको ढोका बन्द गरेपछि तालिबानले अब महिलाहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको छ।

संयुक्त राष्ट्र संघले देशको तालिबान सरकारको यो निर्णयलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ ।

यद्यपि, तालिबानले यो निर्णयलाई उचित ठहर गर्दै गैरसरकारी संस्थाका महिला कर्मचारीले हिजाब नलगाएर शरिया कानूनको उल्लंघन गरेको बताएको छ। केही दिनअघि अफगानिस्तानमा युनिभर्सिटीमा महिला जान प्रतिबन्ध लगाइएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि यो निर्णयको आलोचना गरेका छन् । उनले यो निर्णय अफगानिस्तानका जनताका लागि विनाशकारी हुने बताए ।

गैरसरकारी संस्थाहरूमा काम गर्ने धेरै महिलाहरू घरको एक मात्र कमाउने सदस्य हुन्।

तिनीहरूमध्ये केहीले आफ्नो डर र असहायताबारे बीबीसीलाई बताएका छन्। एउटी महिलाले भनिन्, “यदि म काममा जाइनँ भने मेरो परिवारको हेरचाह कसले गर्ने?” अब घर कसरी चलाउने र छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता उनको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved