सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने सत्तारुढ गठबन्धनको तयारी

नेपालभ्युज

सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने सत्तारुढ गठबन्धनको तयारी
फाइल तस्वीर

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने सत्तारुढ गठबन्धनले तयारी गरेको छ ।

संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको ७ दिनको समय आइतबार सकिँदै छ । सो समयभित्र गठबन्धनले सरकार बनाउन सहमति जुटाउन नसक्ने भएपछि थप समय माग्ने तयारी गरेको हो ।

बालुवाटारमा जारी गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल जारी राख्ने र राष्ट्रपतिसँग थप समयका लागि आग्रह गर्ने बताएको सहभागी एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दलले प्रधानमन्त्री दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved