‘भ्वाइस अफ नेपाल’ चौथो सिजनका विजेता बने करण राई

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा उनले पहिलो पुरस्कार जितेका हुन्। उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे। दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

नेपालभ्युज

‘भ्वाइस अफ नेपाल’ चौथो सिजनका विजेता बने करण राई

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा उनले पहिलो पुरस्कार जितेका हुन्। उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे। दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।
विजेता बनेका करणले पल्सर एनएस १६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन्।

करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।

टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved