सधै स्वस्थ रहनका लागि पालन गर्नुपर्ने ९ नियम

नेपालभ्युज

सधै स्वस्थ रहनका लागि पालन गर्नुपर्ने ९ नियम

सधैं स्वस्थ रहन कैयौं नियम अपनाउनुपर्ने हुन्छ । यसको बारेमा आयुर्वेदले अलि विस्तारमा बताएको छ ।

यदि हामीले दैनिक जीवनमा यी कुराहरुमा ध्यान दियौं भने कैयौं रोगको खतराबाट बच्न सकिन्छ ।

१. दिनभर पुरै फोक्सो फुलाएर स्वास लिने गर्नुहोस् । यसले शरीरमा अक्सीजनको मात्रा बढ्दछ । साथै फोक्सो पनि स्वस्थ बन्छ ।

२. दैनिक बिहान उठेर एक वा दुई गिलास मनतातो पानी पिउनुहोस् । साथै दिनभरमा २ देखि ३ लिटर पानी पिउनुहोस् । यसले पाचन क्रियामा सुधार ल्याउँछ साथै मुटुरोगको खतरा कम गर्छ ।

३. सधैं बिहानको नास्ता ७ देखि ९ बजेको बीचमा गरिसक्नुहोस् । यसले दिमाग एक्टीभ रहन्छ साथै शरीरमा उर्जा बनिराख्छ ।

४. हरेक दिन सही समयमा खाना खानुहोस् । खानामा एकपटकमा एकै खालको खानेकुरा खानुहोस् । धेरै खानेकुरा मिक्स गरेर नखानुहोस् ।

५. खाना खाएको लगभग ३० मिनेटसम्म पानी नपिउनुहोस् । यसो गर्दा पाचनक्रिया सही तरिकासँग हुन्छ ।

६. खाना खाएपछि तुरुन्तै बलपूर्वक गर्ने काम अथवा नुहाउने काम नगर्नुहोस् ।

७. हरेक दिन ३० मिनेट घाममा बिताउनुहोस् । यसले तपाईलाई भिटामिन डी पाउनुहुनेछ । साथै शारिरीक दुःखाई कम गर्छ ।

८. दिनभर ढाडको हड्डीलाई सिधा राख्नुहोस् । यसले ढाड तथा कम्मर दुखाईको समस्या रहँदैन ।

९. दैनिक ७ देखि ८ घण्टाको निद्रा जरुर लिनुहोस् । सुत्ने कोठामा हावा पास हुनको लागि राम्रो भेन्टिलेशन हुनु जरुरी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved