बच्चालाई गल्ती गर्नबाट नरोक्नुहोस्, गल्तीले सिकाउँछ नयाँ पाठ

नेपालभ्युज

बच्चालाई गल्ती गर्नबाट नरोक्नुहोस्, गल्तीले सिकाउँछ नयाँ पाठ

एजेन्सी। हरेक आमाबुवाले आफ्नो छोराछोरीलाई यस लायक बनाउन चाहन्छन् कि जीवनमा जस्तोसुकै उतारचढाव आउँदा पनि पार गरून् । यसको लागि अन्य विषयभन्दा बच्चालाई मानसिकरूपमा बलियो बनाउनु सबैभन्दा जरुरी छ । बच्चालाई मानसिक रूपमा बलियो बनाउन उसको पालनपोषण र उसको क्रियाकलापमा ख्याल गर्न जरुरी हुन्छ।

मानसिकरूपमा बलियो परिवारले आफ्ना बच्चालाई हरेक काम गर्न दिन्छन् । साथै, त्यसको परिणामसँग पनि बच्चालाई सामना गर्न दिन्छन् । बच्चालाई समर्थन गर्छन् ताकि, उसलाई आफूप्रति विश्वास होस् । उनीहरूले बच्चासँग चाहिनेभन्दा ज्यादा आशा राख्दैनन्।

खासगरी, आमाबुवाले यो पनि जान्न जरुरी छ कि बच्चाले हरेक काममा राम्रो नतिजा नल्याउन सक्छन्, खेल्दा वा काम गर्दा गल्ती गर्नु स्वाभाविक हो । आफ्ना बच्चालाई अरुका बच्चासँग तुलना नगरी उसलाई असल बनाउनतिर लाग्छन् । बच्चाको लागि अनुशासन पनि एक महत्त्वपूर्ण कुरा हो, तर यदि बच्चा अनुशासनबाहिर गयो भने उसलाई पिट्नु राम्रो होइन । बरु उसलाई आत्मअनुशासनको कुराहरू सिकाउनुपर्छ ।

राम्रो ख्याल गर्ने बुबाआमाले बच्चालाई बच्चाकै रूपमा रहन दिन्छन्, नकि उनीहरूसँग ठूलो व्यक्तिसँग जस्तो अपेक्षा राख्छन् । बच्चालाई गल्ती गर्नबाट रोक्दैनन् । किनकि, उनीहरूले जानेका हुन्छन् बच्चाले गल्तीबाट नै केही जान्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved