सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्ने एनआरएनएको उद्घोष

नेपालभ्युज

सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्ने एनआरएनएको उद्घोष

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ ।

संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले बुधवार एक वक्तव्य जारी गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकसमक्ष पुर्‍याइएकामा आभार प्रकट गरे ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा योजनामा औपचारिकरुपमा जोडिने बाटो खुलेको जनाउँदै उनले गैरआवासीय नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गरे । नेपालमा सामाजिक सुरक्षाकोषको स्थापना हुनुअघिदेखि नै संघले विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समेट्नुपर्छ भनेर वकालत गर्दै आएको उनले बताए ।

‘संघले जिम्मै लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो’, उपाध्यक्ष क्षेत्रीले भने, ‘विशेष गरी भारतसहित, मध्यपूर्वलगायत श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व संघले गरेको थियो । एक दशकभन्दा बढी समयपछि त्यो छलफल र संघको पहलले मूर्तरुप लिएको छ ।’

आगामी दिनमा नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यस योजनाको प्रचारप्रसार र कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सामाजिक सुरक्षालाई सबै श्रमिकसमक्ष पुर्‍याउन सरकारको सहयात्रीका संघले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘गैरआवासीय नेपालीका लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्ययनको शुरुआत पनि हो’, उनले भने, ‘यस कार्यलाई सफल बनाउन भूमिका खेल्ने सबैमा संघ धन्यवाद दिन चाहन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved