के गर्दा आफ्ना एजेन्डा स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्छौं : अध्यक्ष लिङ्देन

नेपालभ्युज

के गर्दा आफ्ना एजेन्डा स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्छौं : अध्यक्ष लिङ्देन
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । राप्रपाबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई दिन आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन्।

‘राप्रपाले सरकारमा नजाने भनेर कसम पनि खाएको छैन, आगामी दिनमा के गर्दा आफ्ना एजेन्डा र मान्यता स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने स्पष्ट पारे । उनले कुनै सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख गरे । निर्वाचनबाट राप्रपाले उकालो यात्रा सुरु गरेको उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले पार्टीलाई सही ढङ्गले परिचालन गर्न नसक्दा प्राविधिकरूपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए। उनले पार्टीमा योगदान गरेका क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको स्पष्ट पारे ।

राप्रपाका नेता पशुपतिशम्शेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताए। उनले देशलाई अहिलेकै ढङ्गमा चलाएर अगाडि बढाउन नसकिने बताए । उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसद्बाट देखाउने उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved