सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको छ : राष्ट्रपति यादव

नेपालभ्युज

सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको छ : राष्ट्रपति यादव
फाइल फोटो

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रथम राष्ट्रपति यादवले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताए । उनले पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न कानून बनाएर संकुचन गर्न खोजिरहेको आरोप लगाए ।

उनले सरकारले गलत काम गरेको खण्डमा त्यसकाविरुद्ध लडेर भएपनि अधिकार प्राप्त गर्नुपर्ने बताए । उनले आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर काम गर्न सुझाव दिए । प्रथम राष्ट्रपति यादवले म्यानमारमा लोकतन्त्रको पक्षको आन्दोलनमा नेपालले कुनैपनि समर्थन नगरेको भन्दै आपत्ति जनाए ।

उनले नेपालले बर्मामा रहेका नेपालीहरुको स्वतन्त्रताका लागि सरकार र राजनीतिक दलहरुले आवाज उठाउन जरुरी रहेको बताए। उनले भने, ‘कानून बनिरहेको छ, तपाईहरुको समस्या होला, आफ्नो पेशागत आफ्नो श्रमको बारेमा । तर लेख्ने स्वतन्त्र हुनुपर्छ । त्यसको बारेमा कानूनमा संकुचन गर्न खोजिरहेको छ । यस्तो अवस्थामा हामीले लडेर अघि बढ्नुपर्छ । आउने सरकारमा ज्ञान होस्, बुद्धि होस्, विवेक होस् । म्यानमारमा रहेका नेपालीहरुको स्वतन्त्रताको बारेमा यो सरकारले, यहाँका राजनीतिक पार्टीले उसको लोकतान्त्रिक आन्दोलनमा समर्थन गरेको देखेको छैन । लोकतन्त्रको लडाईंमा कस्तो सहभागिता छ पत्रकारहरुको ।’

प्रथम राष्ट्रपति यादवले म्यानमारको लोकतन्त्रको लडाईंमा नेपाल सरकार, राजनीतिक दल र पत्रकार महासंघ लगायत संघसंस्थाले कुनै आवाज नउठाएकोप्रति दुःख व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved