अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट

नेपालभ्युज

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य घट्न थालेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार निरन्तर कच्चा तेलको भाउ घट्न थालेको हो । कुनै समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो ।

तर, यतिबेला डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७४.२९ डलर छ । यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.०४ डलर छ । डब्लूटीआई अमेरिकामा उत्पादन तथा बिक्री वितरण हुने कच्चा तेल हो । यस्तै, ब्रेन्ट कच्चा तेल अरबमा उत्पादन हुन्छ भने विश्वभर बिक्री वितरण हुन्छ ।

खासगरी, रुस–युक्रेन युद्धका कारणले विश्वबजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको थियो । युद्धका कारण रुसमा उत्पादन हुने तेलको निर्यात रोकिँदा खाडी क्षेत्रले मात्रै विश्वभरको तेलको माग धान्नपर्ने स्थिति थियो । फलस्वरूपः मूल्य निरन्तर उकालो लागेको थियो ।

यतिबेला भने रुसले विश्वका सबैभन्दा दुई खरिदकर्ता भारत र चीनमा सस्तोमा तेल पठाइरहेको छ । सोहीकारण, भारत र चीनले दैनिक रुसबाट हुने आयातलाई बढाइरहेका छन् । यसले विश्वबजारमा मूल्यमा सन्तुलन ल्याउन मद्दत गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेसँगै नेपाली बजारमा समेत त्यसको प्रभाव देखिन थालेको छ । यतिबेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ३ रुपैयाँ प्रतिलिटर घटाएको छ । अधिक नाफा भए पनि निगमले ऋण तिर्न बाँकी रहेको भन्दै प्रतिलिटर ३ रुपैयाँ मात्रै मूल्य घटाएको जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved