कङ्गोमा बाढी पहिरो, १ सय जनाको मृत्यु

नेपालभ्युज

कङ्गोमा बाढी पहिरो, १ सय जनाको मृत्यु

काठमाडौं। अफ्रिकी मुलुक कंगोमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताएका छन् ।

प्रधानमन्त्री लुकोन्डेले बाढी पहिरोमा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आँकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताएका छन् । झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढी पहिरोबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।

गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका पाँच जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगर प्रमुख अलिद शिबान्डाले बताएका छन् ।

गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगर प्रमुख शिवान्डाले बताए । अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ । सन् २०१९ मा पनि बाढी पहिरोमा परी ३२ जनाले ज्यान गुमाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved