नेपालगञ्जमा एओजी राइड सम्पन्न

नेपालभ्युज

नेपालगञ्जमा एओजी राइड सम्पन्न

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगञ्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ। जहाँ ३७ जना राइडरहरूको सहभागिता रहेको थियो।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ। अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमको आयोजनाको जिम्मेवारी एओजी सचिन थापाले लिएका थिए।

कम्पनीका अनुसार एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोश र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो। भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरूलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरूमा संलग्न गराउँछ।

जगदम्बा मोटर्स प्रा.लि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरू छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved