सोमबार १७ अंकले बढ्यो नेप्से, कारोबारमा पनि वृद्धि

नेपालभ्युज

सोमबार १७ अंकले बढ्यो नेप्से, कारोबारमा पनि वृद्धि

काठमाडौं। सोमबार सेयर बजार १७ अंकले बढेको छ । साताको पहिलो दिन घटेको नेप्से आज करिब १७ अंकले बढेको हो ।

आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता सेयर १ अर्ब ३६ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् ।

नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २०६ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved