समानुपातिकको नामावली सच्याउने आज अन्तिम दिन, नयाँ सरकार गठनको प्रक्रिया छिटै सुरु हुँदै

नेपालभ्युज

समानुपातिकको नामावली सच्याउने आज अन्तिम दिन, नयाँ सरकार गठनको प्रक्रिया छिटै सुरु हुँदै
फाइल तस्वीर

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदको नामावलीलाई समावेशी समूह बमोजिम सच्याएर पठाउन पत्राचार गरेको छ । आयोगले दुई दिनको समयसहित आइतवार पत्राचार गरेको हो । ती दलहरूले सोमवार बेलुकी ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ ।

प्रतिनिधि सभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ ।

नामावली सच्चिएर प्रतिनिधित्व भइ आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

दलहरूले बन्दसूची सच्याएपछि आयोगले आउँदो बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको परिणाम बुझाउने तयारी गरेको छ ।

आयोगबाट निर्वाचन परिणाम औपचारिकरुपमा प्राप्त गरेसँगै राष्ट्रपति कार्यालयले नयाँ सरकारको गठन प्रक्रिया सुरु गर्नेछ । सुरुमा राष्ट्रपतिले बहुमत प्राप्त दल वा बहुमत पर्याउन सक्ने दललाई सरकार गठनको अग्रसरता लिन आग्रह गर्ने व्यवस्था रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved