नेपाल समाजवादी पार्टीको बैठक सम्पन्न

नेपालभ्युज

नेपाल समाजवादी पार्टीको बैठक सम्पन्न

काठमाडौं। नेपाल समाजवादी पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय पदाधिकारीको बैठक आज सम्पन्न भएको छ ।

बैठकमा भर्खरै सम्पन्न निर्वाचनको बारेमा प्रदेशहरूबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल भएको छ । साथै पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पौष १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय पनि भएको छ ।

भर्खरै सम्पन्न निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदाताहरूलाई धन्यवादज्ञापन पनि गरिएको नेपाल समाजवादी पार्टीले जानकारी दिएको छ । नेसपाका उम्मेद्वारहरूमध्ये सर्लाही-२ मा प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका छन् । त्यस्तै, प्रदेशसभामा सिन्धुली र गोरखामा गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन् ।

त्यस्तै, मधेसबाट प्रतिनिधित्व हुनेगरी समानुपातिकतर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय भएको छ । लुम्बिनी प्रदेशमा समानुपातिक प्रणाली तर्फबाट राजु नेपालीलाई प्रदेशसभामा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठक नेसपाको केन्द्रीय कार्यालय सुविधानगर, काठमाडौंमा बसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved