मणिपाल अस्पतालमा छोरी भेट्न गएकी आमाको लडेर मृत्यु

नेपालभ्युज

मणिपाल अस्पतालमा छोरी भेट्न गएकी आमाको लडेर मृत्यु

काठमाडौं । मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बिरामी छोरी भेट्न गएकी सराङ्कोटकी ६५ वर्षीय धनसरी घर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

उनको  सिँढी उक्लने क्रममा लडेर मृत्यु भएको हो ।   ‘अस्पतालको तेस्रो तलामा रेलिङ नहुँदा उहाँको मृत्यु भयो । उहाँले पनि रेलिङ नभएको मेसो नपाउँदा यस्तो दुर्घटना हुन पुग्यो,’ तेस्रो तलाका एक विरामी कुरुवाले भने ।

धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत रहेको प्रहरीले जनाएको छ ।

घटनापछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved