८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, सातदिने स्पष्टीकरण माग

नेपालभ्युज

८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, सातदिने स्पष्टीकरण माग

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरण मागिएकाहरूमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा-कविर-सुनकोशी जेभी काठमाडौंका नारायणप्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्सका रुपेश घिमिरे छन् ।

यसैगरी, बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सीताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।

उनीहरूको ठेगानामा लिखित स्पष्टीकरण पेश गर्नू भनेर लेखी पठाउँदा पनि हालसम्म स्पष्टीकरण पेश नगरेकाले सूचना प्रकाशन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

आज मंसिर २१ गतेदेखि सात दिनभित्र पनि लिखित स्पष्टीकरण नबुझाएमा ती निर्माण व्यवसायी तथा सप्लायर्सहरू कालो सूचीमा पर्नेछन् । आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरूलाई कालोसूचीमा राख्ने गरिन्छ । कालो सूचीमा परेकाहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved