विश्वकप फुटबल : मोरक्को र स्पेन भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : मोरक्को र स्पेन भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा आज मंगलबार मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। कतारको एड्युुकेन सिटी रंगशालामा हुने खेलमा मोरक्को र स्पेन नेपाली समयअनुसार राति पौने ९ बजे आमने-सामने हुनेछन्।

मोरक्को समूह ‘एफ’को विजेता बन्दै र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। यो स्पेन र मोरक्कोबीचको चौथो खेल हो। यसअघि भएको ३ भिड्न्तमा स्पेनले २ खेलमा जित निकाल्दा १ खेल भने बराबरीमा सकिएको थियो। विश्वकपको भने दुईबीचको दोस्रो खेल हो। सन् २०१८ को विश्वकपमा भएको भिडन्तमा भने खेल २–२ को बराबरीमा सकिएको थियो।

कतार विश्वकपमा समूह चरणमा स्पेनले कोस्टारिकालाई ७–० गोलले स्तब्ध बनाउँदा जापानसँग भने २–१ पराजित भएको थियो। क्रोएसियासँग भने स्पेनले १–१ को बराबरी खेलेको थियो। बेल्जियम र क्रोएसियालाई पछाडि पार्दै समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको मोरक्कोको मनोबल पनि उच्च रहेको छ।

दोस्रोपटक नकआउट चरणमा पुगेको मोरक्कोले राम्रो रणनीतिलाई आत्मसाथ गरेको छ। रक्षात्मक शैलीलाई जोड दिँदै सही मौकामा जवाफी हमला गरिरहेको मोरक्को स्पेनसँग प्रतिस्पर्धा गर्न तयार देखिन्छ।

मोरक्को टोलीमा हाकिम जियेचको पुनरागमन फाइदाजनक देखिएको छ। विङ्गर जियेचको रचानात्मक शैलीले मोरक्कोको आक्रमण प्रशंसनीय बनेको छ। गोलरक्षक यासिन बोनु पनि पोस्टमा चतुररूपमा प्रस्तुत हुँदै आएका छन्। तथापि, स्पेनले कडा चुनौती दिनेमा पनि मोरक्को विश्वस्त छ ।

यता, जापानसँग पराजित भएको स्पेन भने आफ्नो दमदार प्रस्तुति दिने योजनामा रहेको छ। जापानविरुद्धको खेलको पहिलो हाफमा उत्कृष्ट पास देखाएको स्पेन भने दोस्रो हाफमा डिफेन्समा चुक्यो। स्पेन टिकी टाका शैलीलाई नै निरन्तरता दिने सोचमा रहेको छ । स्पेन आफूले गरेको गल्तीलाई सुधारेर अघि बढ्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved